रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

काठमाडौं । बार्सिलोनाले कीर्तिमानी १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । आइतबार रियल म्याड्रिडविरुद्ध एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बार्सिलोनाले उपाधि जितेको हो ।

साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको छ । बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गर्‍यो ।

रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि लामिन यामलले बार्सिलोनाको लागि बराबरी गोल फर्काए । त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे । रोड्रिगोले रियलका लागि एक गोल फर्काए पनि त्यसले बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।

यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा बर्नाबाउमा ४-० ले हराएको थियो । लिगमा खराव लयमा रहे पनि बार्सिलोनाले सुपरकपको उपाधि जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *