सुन्तला बोकेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर
मकालु खबर
२०८१ पुस २७ गते
काठमाडौं । रोल्पाबाट सुन्तला बोकेर दाङतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । शुक्रबार रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।
दुर्घटनामा चालकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते छन् । पिकअप रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरका लागि छुटेको थियो । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको छ ।
गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
मकालु खबर
२०८१ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित