नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ
२०८१ पुस १७ गते

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा विभिन्न देशका लागि नियुक्त गरिएका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर: प्रदीपराज वन्त/रासस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराएका हुन् ।
राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
२०८१ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








