क्रिसमस डे
विदेशी नागरिकहरूले यसरी मनाए क्रिसमस (तस्बिरहरू)
२०८१ पुस १० गते

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाइरहेका छन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको ख्रिष्टियनहरू बताउँछन् ।
उनीहरूका अनुसार आज मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ ।
आज नेपाल लगायत अन्य देशका नागरिकहरूले पनि आ–आफ्नो किसिमले क्रिसमस डे मनाइरहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

नयाँ दिल्लीमा डिसेम्बर २५, २०२४ मा क्रिसमसमा सान्ता क्लजको लुगा लगाएका साइकल चालक सडकमा दौडिरहेका छन्। (तस्बिर : अरुण शंकर / एएफपी)

डिसेम्बर २४–२५, २०२४ कोसोभोको प्रिस्टिनामा मदर टेरेसा क्याथेड्रलमा, बिशप डोडे गेर्गजी येशू ख्रीष्टको जन्मको चिन्ह लगाएर क्रिसमसको मध्यरातमा नेतृत्व गर्दैछन् । (फोटो :आर्मेन्ड निमानी र (एफपी)

डिसेम्बर २५, २०२४ मा सिड्नीको बोन्डी बीचमा क्रिसमसको दिनमा समुद्र तटमा पौडी खेलिरहेका निसहरू । (फोटो : डेभिड / एएफपी)

डिसेम्बर २५, २०२४ मा न्नईको सेन्ट एन्टोनी चर्चमा क्रिसमसको अवसरमा प्रार्थना गर्दा एउटी केटीले बच्चा येशूको मूर्ति छुन्छिन्। (तस्बिर आर. सतीश बाबू र एफपी)

डिसेम्बर २५, २०२४ मा क्वालालम्पुरमा क्रिसमसको पूर्वसन्ध्यामा मानिसहरू फोमबाट बनेको कृत्रिम हिउँसँग खेल्दै। (फोटो : आरिफ कार्तोनो /एएफपी)

क्रिसमसको पोशाकमा हात्तीले थाइल्याण्डको अयुथयाको एउटा विद्यालयमा क्रिसमस उत्सवको क्रममा विद्यार्थीहरूलाई उपहारहरू वितरण गर्न मद्दत गर्दै । (सिन्ह्वा)

तस्बिरमा क्यानडा, ओन्टारियोमा रहेको आवासीय घर बाहिर रंगीन बत्ती र सजावट । (सिन्ह्वा)

ब्यूनस आयर्समा राष्ट्रिय कांग्रेसको अगाडि क्रिसमस बिना परिवारहरू छैनन्’ भनिएको क्रिसमस सोलिडारिटी डिनरमा भाग लिँदा अर्जेन्टिनाको झण्डा र सान्ता क्लॉज टोपी लगाएका एक पुरुष महिलासँग नाच्दै । (टोमास कुएस्टा र एएफपी द्वारा फोटो)
२०८१ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








