रियल म्याड्रिडको हार, एमबापे फेरि चुके पेनाल्टीमा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा एथलेटिक क्लबले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एथलेटिक क्लबको जितमा एलेक्स बेरेनगुएर र गी गुरुजेटाले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि जुडे बेलिङघमले एक गोल गरे । यस खेलमा केयलिन एमबापे पेनाल्टीमा चुकेका छन् । एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए ।

यो जितपछि एथलेटिक क्लबको १६ खेलमा २९ अंक भएको छ भने लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको १५ खेलमा ३३ अंक रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =