प्रेस विज्ञप्ति

एनसीएचएलको डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजुज्यू नियुक्त भएका छन् । डेप्युटी सिइओमा नियुक्त भएसँगै उनले आजबाट कार्यभार सम्हालेका हुन् ।

सैंजुज्यू सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैङ्कहरू लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।

उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योगदान पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

एनसीएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले अन्तर्गत र पनि कार्यान्वयन गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =