विद्युत् महशुल विवाद
उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने तयारीमा प्राधिकरण
उद्योगका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार
२०८१ मंसिर १२ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन्।
यसैबीच प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ ।
प्राधिकरण विद्युत महसुल संकलन विनियमावलीमा लाइन काट्न मिल्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम काट्न लागिएको प्राधिकरण स्रोतले जनाएको छ।
विद्युत नियमन आयोगले मंगलबार उद्योगमा लाइन नकाट्न निर्देशन दिएको र प्राधिकरण सञ्चालक समितिको बुधवारको बैठकले समेत उद्योगमा लाइन नकाट्ने निर्णय गरेपछि वैकल्पिक माध्यमबाट बक्यौता उठाउने तयारीमा प्राधिकरण छ ।
२०८१ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








