गौशाला धर्मशालामा डोजर लगाए पनि रोकिएन व्यापार (तस्बिरहरू)
२०८१ मंसिर १० गते

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर लगाएको छ ।

केही समयअघि महानगरले मारबाडीले गौशालामा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर लगाएको थियो ।

महानगरले व्यापारिक केन्द्रका लागि बनाइएका भवनमा डोजर लगाएपछि व्यापारीले विरोध जनाएका थिए ।

महानगरको डोजरपछि गौशाला धर्मशालामा व्यापार गरिरहेका मारवाडीहरूको अहिले बिचल्ली भएको छ ।

उक्त क्षेत्रमा रहेका बस टिकट काउन्टर लगायत अन्य व्यापारिक संरचनामा भत्काइएका छन् । तर, पनि व्यापारीहरूले भत्काइएका भवनमै व्यापार गरिरहेका छन् ।

महानगरलाई चुनौती दिँदै मारवाडीले उक्त क्षेत्रमा पसल गरिरहेका छन् ।

२०८१ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








