गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *