बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौँ । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोकमा बाढीद्वारा प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रोज क्षेत्री, गोविन्द उपाध्याय, रजत श्रेष्ठ, विमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरूप प्रति घर डसना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ्ग, अच्यूत उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

सिप्रदीयन सहायता संस्थाबारे जानकारी

सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।

साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुराहरू तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पूनः व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =