सितापाइलामा इभी गाडीमा लाग्यो आगो
२०८१ कार्तिक ५ गते

काठमाडौं । काठमाण्डौको सितापाइलामा विद्युतीय गाडीमा आगलागी भएको छ ।
सोमबार विद्युतीय गाडी सिरिज इभीमा आगलागी भएको स्वयम्भु प्रहरीले मकालुखबरलाई जानकारी दियो ।
सितापाइला चोक नजिकै पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१०२९ च ५९६० नम्बरको सिरिज इभीमा आगलागी भएको हो ।
पार्किङ गरेर राखिएको गाडी एक्कासि आगलागी भएपछि स्वयम्भु प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
२०८१ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








