फेरी सर्यो नेपाल पत्रकार महासंघको निर्वाचन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् ।
यसअघि असोज ५ गतेका लागि तय गरिएको निर्वाचन असोज १२ गते शनिबार गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ ।
अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएकाले निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।
‘‘महासंघको तर्फबाट असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ । मतदाता सुची २०८१ भाद्र २९ गते शनिवारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि निर्वाचन तालिका सार्वजनकि गर्ने समझदारी भएको जानकारी गराउँदछु,”कार्यवाहक अध्यक्ष विष्टद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।









