सुन्दरीजलमा मृत भेटिएकी युवतिको हत्या अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । सुन्दरीजलस्थित गोकर्णेश्वर नगरपालिका–१, मा महिलाको हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।

उनले सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरूको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरू शनिवार बसुन्धारा क्षेत्रबाट पक्राउ परेको बताए ।

उक्त महिलाको शव बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शङ्कास्पद अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार मृत महिला सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ । उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् । तर उनका परिवार तथा आफन्त अहिलेसम्म पनि सम्पर्कमा नआएका उनले बताए ।

एसपी अधिकारीले हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =