पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदूत पौडेल

काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदूत भएर गए पहल गर्ने उनको प्रतिबद्धता थियो ।

सोमवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए । राजदूत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उनले अन्य देशहरूमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए ।

उनले भने, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौँ । त्यहाँ रहेका नेपालीहरूको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबिचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदूत भनेको मार्केटिङ म्यानेजर हो ।’

प्रस्तावित राजदूत पौडेलले दुई देशबिचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =