प्रधानमन्त्री ओली र देउवा विरुद्ध नाराबाजी गर्ने थप एक जना प्रहरी नियन्त्रणमा
२०८१ भदौ १२ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संस्कृति तथा सार्वजनिक शान्ती बिथोल्न खोजेको आरोपमा बुधवार कञ्चनपुरका दिपक सिंह ठगुन्नालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले मकालुखबरलाई बताए ।
यसअघि मंगलबार प्रहरीले सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइसकेको छ । उनीहरुमाथि आवश्यक छानविन भइरहेको एसपी अधिकारीले बताए ।
गत सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो ।
२०८१ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








