कांग्रेसको महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा थपिए सदस्य

काठमाडौं । नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहनुभएको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहनुभएको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थपेका हुन् ।
महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा दश/दश जना सदस्यमा थपिएका हुन् । कांग्रेसले महिला विभागमा धनगढीकी रेणुप्रधान श्रेष्ठ,झापाकी तुल्सा पन्त, गोरखाकी कमला लामिछाने, काठमाडौँकी झल विश्वकर्मा, धादिङकी कविता इटानी,महोत्तरीकी मिलन शाह,तनहुँकी आशा थापा मगर सदस्यमा थपिएका छन् ।
त्यस्तै सुर्खेतकी रामकुमारी थापा, दाङकी देवका वेल्वासे र काठमाडौंकी डा. शशी थापा पण्डितलाई सदस्यमा मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै, शुभेच्छुक संस्था समन्वय विभागमा गोरखाका राजु थापा, अर्घाखाँचीका निर्मला क्षेत्री, मोरङका आशिष खतिवडा,रोल्पाका नरेन्द्र डीसी, काठमाडौँका देवराज नेपाल, ताप्लेजुङका मातृका शेर्पा, सर्लाहीका सोनीकुमारी बम्जन,डडेल्धुराका रामदत्त जोशी,सदस्य थपिदा कालिकोटका दिनेश सन्जयल र कञ्चनपुरका लालमणि पाण्डे सदस्यमा थपिएका हुन् ।








