विश्व फोटो पत्रकारिता दिवस : पाटनमा फोटो प्रदर्शनी (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।
सोमवार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै सुरु गरेको र त्यसकै निरन्तरता स्वरूप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरूमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।

उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिचेका ५५ वटा हिमालका फोटाहरू राखिएको बताए । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरूलाई सहज अवस्था नभएको बताए । उनले पछिल्लो समय फोटो पत्रकारहरूको पेसालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौती दिइरहेको बताए । उनले एआई, मोबाइल फोटो ग्राफिक्सको कारणले व्यावसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए ।

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरूको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । ऐतिहासिक तस्बिरहरूले राष्ट्रको पहिचान बढाउने बताए ।









