यूएईमा पनि नेपालीले रक्सी खाएर झगडा गर्न नछोडेपछि…
२०८१ साउन २४ गते

फाइल तस्बिर
काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीहरुलाई सभ्य बन्न आग्रह गरेको छ । मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेपछि राजदूतावासले यस्तो आग्रह गरेको हो ।
दू्तावासले सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८१ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








