उपत्यकाका विभिन्न स्थान डुबानमा (तस्बिरहरू)

काठमाडौँ । सोमबार राती परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी–खोला किनारा डुबानमा परेको हो ।
बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।
बागमतीका सहायक नदीहरू विष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।
तस्बिरमा हेर्नुहोस् उपत्यकाको विभिन्न स्थानमा आएका बाढीका तस्बिरहरू :
 
 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *