युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : खेलकुदमन्त्री (भिडिओ)

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताएका छन् ।

मङ्गलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने– ‘देश सङ्घीयतामा गएको छ । स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरू हराउँदै गइरहेको छ । बालबालिकाहरूमा राम्रो प्रवृत्ति युवाहरूमा बिस्तारै खस्किँदै गइरहेको छ ।’

उनले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गरे । उनले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

‘स्काउटको जुन उद्देश्य छ, आज विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ,’उनले भने,‘अहिले स्काउटमा १ लाख २८ हजार हुनुहुन्छ । अब सात लाखको जुन टार्गेट छ, युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ ।’

उनले स्काउटको स्तर वृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पारे ।

मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरू संशोधन भएको छ । अहिले पनि केही कुराहरू संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ,’उनले भने,‘यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहम् भुमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भुमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनसके राम्रो हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =