बाढीले जलमग्न उपत्यकाका बस्ती (तस्बिरहरु)
२०८१ साउन १६ गते

काठमाडौं । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो ।
बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भएका छन् । नदी किनारका सडकहरू, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरूबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








