बालकुमारी घटनामा निलम्बित डीएसपी लम्साल र असई दनुवारको निलम्बन फकुवा

ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाका लागि आवेदन दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका डीएसपी र असईको निलम्बन फकुवा भएको छ।

डीएसपी उमेश लम्सालको गृह मन्त्रालयले र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको प्रहरी प्रधान कार्यालयले निलम्बन फुकुवा गरेको हो।

गत पुस १३ गते भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट दुई जनाको मृत्यु भएको थियो । अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए।

ललितपुर परिसरका फिल्ड कमाण्डर डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ दनुवारलाई २०८० पुस १४ मा निलम्बन गरिएको थियो।

७ महिनापछि उनीहरुको कारबाही फुकुवा भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =