प्रधानमन्त्री ओलीको फोटो राखेर अनुष्ठान गर्ने धार्मिक अभियन्ता खतिवडा पक्राउ
मकालु खबर
२०८१ साउन १४ गते
काठमाडौँ । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अशुभ कामनासहित अनुष्ठान गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले धार्मिक अभियन्ता खतिवडालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले बताए ।
उनका अनुसार धार्मिक अभियन्ता खतिवडालाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।
मकालु खबर
२०८१ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित