सौर्य एयर दुर्घटनाका १७ मृतकका परिवारले बुझे शव

काठमाडौं । गत बुधबार सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको शव परिवारलाई बुझाइएको छ।

एक जना विदेशी नागरिकको शव बुझाउने प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ।

९ साउनमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको छ।

उनको केएमसीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *