रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन किशोरीको मृत्यु

काठमाडौं । रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो ।

बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =