विमान दुर्घटना : बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने
२०८१ साउन ९ गते

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
साथै सरकारले विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।
सरकारले दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
२०८१ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








