संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ : सुदन किराँती

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिए ।

सांसद किराँतीले संविधान संशोधन गर्दा अग्रगमनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराए । उनले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने ‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दल मध्ये एउटा दल छान्नु लोकतन्त्र हो रु कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ । अरूलाई रेखाभन्दा बाहिर निकालेर होइन सभामुख महोदय । त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरि धेरै अग्रगमनका एजेन्डाहरू हालेर त्यसमा नो भोटको सिस्टम पनि गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । ’

सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =