ओली नेतृत्वको सरकारबाट जनताले धेरै विकासको आशा गरेको छ : सांसद गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताएकी छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताएकी हुन् । उनले संविधान र मर्मसँग बाझिएका ऐन कानुनमा पुनः विचार गरी बन्न बाँकी ऐन कानुन समयमा नै निर्माण गर्न सक्नुपर्ने बताइन् । उनले लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ संविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको बताइन् ।

उनले अब सरकारले पुराना ऐनलाई संशोधन गर्न जरुरी रहेको बताइन् । उनले लामो र प्रक्रियागत झन्झटलाई सुधार गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन् ‘संविधान र मर्मसँग बाझिएका ऐन कानुनमा पुनः विचार गरी बन्न बाँकी ऐन कानुन समयमा नै निर्माण गर्न सक्नुपर्नेछ । तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ संविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको अवस्था छ । पुराना ऐनलाई संशोधन गर्नु जरुरी छ । त्यस तर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ । लामा र प्रक्रियागत झन्झटलाई सुधार गरी सरकार समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न लाग्नुपर्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले धेरै विकासको आशा गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =