प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो । पार्टीका सबै सांसदहरूसँग घनिभूत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक परियारले भने ‘सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत जो माग्नुभएको छ । त्यसमा पार्टीका सबै सांसदहरूले घतिभुत छलफल गरेर सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्यौं । र ह्वीप पनि जारी गरी सकेका छौं । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =