पार्टीको १५ औं महाधिवेशन समयमै हुनेमा शङ्का छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै हुनेमा शङ्का व्यक्त गरेका छन् ।

कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गर्दै नेता कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा महाधिवेशन हुनेमा शङ्का रहेको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

‘पार्टी नेतृत्वको कार्यशैली हेर्दा तोकिएको समयमा महाधिवेशन हुनेमा शङ्का छ,’ उनले भने, ‘महाधिवेशन नभए पार्टी धरासयी हुन्छ, त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने छ, चनाखो हुनु होला ।’

महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य, सुवानन्द धाख्वा, चित्रसेन अधिकारी, दीपक चापागाईँ र मनिन्द्र नेपाली सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =