कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २३ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सत्तामा फर्किएपछि बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा जुटेका शीर्ष नेताको सहमतिमा बैठक डाकिएको हो।

गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम बारे केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।

महासमिति बैठकले पारित गरेको प्रतिवेदनले नै तत्कालीन सत्ता गठबन्धनमा समस्या निम्त्याएर कांग्रेस प्रतिपक्षमा पुगेको थियो।

तर माओवादीलाई प्रतिपक्षमा पुर्याएर सत्तामा फर्किएको कांग्रेसले पुनः सोही विषयमा छलफल गर्न लागेको हो। आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र माओवादीलाई हेर्ने दृष्टिकोणको व्याख्यापछि सत्ता संकटमा परेको थियो।

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र राजनीतिक प्रतिवेदनमा छलफल गरेर अनुमोदन गर्ने छ। यस्तै पार्टीका भावि योजनामा पनि छलफल गर्ने तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =