भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री राणा, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको शपथसँगै पदबहाली गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =