शिक्षा प्रणाली सुधार गर्न सरकार गम्भीर बन्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि दीर्घकालीन महत्व राख्ने दुई पक्षिय,बहुपक्षिय,क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्वन गर्ने नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन् ।

मंगलवार त्रिभूवन विश्वविद्यालयमा आयोजित नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) को ५३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले राष्ट्रका लागि आवश्यक विषयमा तथ्यमा आधारित ज्ञानको उत्पादन गरी नीति, निर्माणमा उपयोग गर्ने उद्देश्यका साथ त्रिभूवन विश्वविद्यालयअन्तर्गत स्थापित सिनास, सेरा, सेरिड, रिकास जस्ता विधागत अनुसन्धान केन्द्रहरुको राज्यको नीति निर्माण तहमा महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गरिन् ।

उनले पछिल्ला दशकहरुमा पर्याप्त श्रोत, साधनको अभाव र सरकारी बेवास्तका कारण यि थिंक ट्यांक संस्थाहरु सिमित भुमिकामा खुम्चिनुपरेको बताइन् ।

उनले राष्ट्रिय हित, सुरक्षा र समग्र राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा प्रणाली रहेको र समृद्ध राष्ट्र र सुखी जनता यसैमा अन्तरनिहित भएको बताइन् । उनले राज्यले अपनाउने शिक्षा प्रणाली र लगानीमा गम्भीर बन्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =