बसले ठक्कर दिँदा ४१ वर्षीय मोटरसाइकल चालकको मृत्यु

झापा । कन्काई नगरपालिका–२ पवित्रा पेट्रोल पम्प नजिक सडकमा प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगा तर्फ जाँदै गरेको को.१९ प ६२८२ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने ४१ वर्षीय लक्ष्मी प्रसाद सुब्बाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =