जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

तनहुँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका–३ गोन्द्राङ बस्ने ६५ वर्षीय झाम्टे थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *