विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
२०८१ असार ३० गते

काठमाडौं । विनियोजन विधेयक,२०८१ प्रमाणीकरण भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

२०८१ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








