यस्तो छ प्रचण्डले प्रधानमन्त्रीका रुपमा संसदमा गरेको अन्तिम सम्बोधन (पुर्णपाठ)
२०८१ असार २८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पाँचौँ पटक विश्वासको मत मागेका छन् ।
उनले विश्वासको मत माग्दै सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् ।
उनले आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे ।
उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरू डराएको बताए ।
बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खलबलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे ।
उनले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरूको हातमा जाने जिकिर गरे ।
उनले कांग्रेस–एमाले ०४६ सालको संविधानमा फर्किन चाहेको आरोप लगाउँदै प्रचण्डले त्यो स्वीकार्य नहुने बताए ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








