अल्पमतका प्रधानमन्त्री प्रचण्डलाई १० वटा मन्त्रालयको जिम्मा

सत्तासहयात्रीले छाड्दै गएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी भने थपिँदै गएको छ। सोमबारदेखि थप दुई वटा मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डको काँधमा आएको छ।

यसअघि नै उनले ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको छ। नेकपा एमालेका ८ मन्त्रीले राजीनामा दिएपछि ती सबै मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले प्रचण्डलाई नै तोकेका थिए।

अशोक राई नेतृत्वका जनता समाजवादी पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले पनि राजीनामा दिएपछि अब प्रचण्डको जिम्मामा १० वटा मन्त्रालय परेका छन्।
जबकी यी मन्त्रालयमा पुग्न समेत प्रचण्डले सकेका छैनन्।

अल्पमतमा परिसकेका प्रधानमन्त्री प्रचण्डले अझै केही दिन यी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्नेछ। उनले २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसको केही दिन नयाँ सरकार बन्न समय लाग्ने छ।

अर्को सरकार नबनुन्जेल प्रचण्डले नै यी मन्त्रालय सम्हाल्नु पर्नेछ।

कांग्रेस र एमालेले भने अब केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमती गरिसकेका छन्। ओली धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्ने छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =