काठमाडौँ, भक्तपुर र कास्कीमा नगद, सुन तथा चाँदीका विभिन्न गरगहना चोरी

काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–३१ बासुकी मार्ग पुरानो बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका–२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया शुसिला पाठकको घरबाट करिब साढे ३ तोला बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =