लमहीका मेयर चौधरी चढेको गाडी खोलामा भासियो
२०८१ असार २२ गते

दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो।
लमही नगरपालिका- ९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेको थियो।
त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो।
गाडीमा सवार सबै सकुशल रहेको नगरपालिकाले जनाएको छ।
२०८१ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








