प्रचण्ड सरकार कहिले बिदा हुन्छ यत्तिकै भन्न सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए ।

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताए । उनले यसले केन्द्रमा मात्र नभइ प्रदेशमा पनि प्रभाव पार्ने बताए ।

उनले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताए । उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता हेको बताए ।

पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्नेकुरा यत्तिकै भन्न नसकिने बताए ।

उनले भने– ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यसले एउटा क्षेत्रमा मात्रै प्रभाव पार्ने छैन, यो नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ, त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यस बारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । समाजवादी मोर्चालाई क्रियाशिल गर्नुपर्नेछ । त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ । अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यि सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भुमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्ने छ ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =