आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ
२०८१ असार १९ गते

सुकेधारास्थित आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर बस्ने उप्रेतीलाई प्रहरीले बुधबार बिहान बालाजुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वशन्तत रजौरेले बताए।
उनीविरुद्ध १० करोडभन्दा बढी रकम अपचलन गरेको जाहेरी परेको छ।
उप्रेतीलाई महाराजगञ्ज प्रहरी वृतको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको एसएसपी रजौरेले बताए।
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








