नेकपा एसको महाधिवेशन र्यालीमा जे देखियो (तस्बिरहरू)
मकालु खबर
२०८१ असार १६ गते
काठमाडौँ । नेकपा एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले आज पहिलो पटक महाधिवेशन गर्दैछ । १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनअघि नेकपा एसले काठमाडौँमा र्याली निकालेको छ ।
महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालिएको हो ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।
मकालु खबर
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित