काठमाडौंको रामकोटमा कल्भर्टमा कार खस्दा चालकको मृत्यु
२०८१ असार १४ गते

काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।
प्रहरी वृत्त स्वयम्भूकाअनुसार नागर्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
२०८१ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








