एसईईमा १८६ जनाले ल्याए ४ जीपीए, २ लाख ४२ हजार परीक्षार्थी फेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निणर्यसँगै नतिजा सार्वजनिक भएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण गरेका छन् । २ लाख ४२ हजार ३ सय १३ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् । २ सय २१ जनाको परीक्षा रद्द गरिएको अध्यक्ष शर्माको भनाई छ ।
जम्मा १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ ।
थप :- वेबसाइट र एसएमएसबाट यसरी हेर्नुहोस् एसईईको नतिजा (१५ विकल्प)
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण








