प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो : खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिववाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गरे ।

उनले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरुले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए ।

‘प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो,’ उनले भने,‘तर मन्त्रीहरु अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।’

सांसद खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताए ।

‘अब यसलाई परिवर्तन गर्नुपर्ने जरुरी देखिएको छ । अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिड्ने,’ उनले भने,‘मन्त्रीहरुले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतिकोमा पनि राख्ने । जेठि सासुकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतीको विकास पनि हुँदैन । दुर्गममा विकास नहुने पद्धतीको विकास भयो ।’

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो : खतिवडा (भिडिओ)

  1. सांसद रामहरि खतिवडा ज्यू काठमाडौँ, अनलाइन भन्दा बाहिर पनि एउटा संसार छ । जहाँका जनतालाई ठूला आश देखाएर सांसद बनेर जानु भएको छ। की यहाँका जनता भेडा हुन जहिले को चुनाव मा नि जित्ने मैले नै हो जस्तो भ्रम पालेर बस्नु भएको छ ? आफ्नो क्षेत्रमा सबै तिर समन्यायिक सँगले काम भएको देखिएन, जहाँ कांग्रेस भोटर को बाहुल्यता छ, त्यही मात्र तपाईंको क्षेत्र हो जस्तो देखियो । आफ्नो योगदान यस क्षेत्र मा नि दिनुहोस ताकि आउने पुस्ता ले तपाईं लाई असल व्यक्तित्वको रूपमा चिनुन। कहिले नमेटिने उपनाम त पाउनु नै भएको छ की त्यसैमा सन्तोष हुनुहुन्छ । हामीलाई तपाईंको राजनीति चाहिएन काम गरेर नमूना क्षेत्र बनाएर देखाउनुस् । जहिले विवादास्पद अभिव्यक्ति दिनु भन्दा त्यो भन्दा राम्रो त आफ्नो क्षेत्रमा विकास गर्नु होला नि । अहिले कालोपत्रे भैसक्नु पर्ने लिखु कोरिडोर को बाटो कुन अवस्था मा छ ,सर्व विधितै छ । खाने पानी को समस्या जस्ताको त्यस्तै छ। तपाईं सांसद भएर जनता लाई के दिनु भयो ।चुनाव को बेला मासुभात,आशे पासे कार्यकर्ता लाई हरिया पत्ता । चुनाव को बेला तपाईंका कार्यकर्ता ले खाएका मासु र भात को भार हामी सबै जनता लाई किन ? जनता ले प्रत्यक्ष देख्ने र महसूस गर्ने काम गर्नु भयो भने तपाईंलाई जिताउन तपाईंका कार्यकर्ता चाहिँदैन । उदाहरण को रूपमा काठमाडौँ महानगरपालिका का मेयर नै लिनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =