राप्रपामा गुट उपगुट मौलाएको छ : रेखा थापा

२०८१ असार ११ गते

अभिनेत्री रेखा थापा। फाइल फोटो।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरूप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने सुझाव दिएकी छन् ।
राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने, यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाको छ ।
‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरूप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार ट्विट गर्दै थापाले भनिन् ।
‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु हुँदैन,’ उनले थपेकी छन् ।

२०८१ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित