फ्लोर क्रस गर्ने फणीन्द्रलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले देवकोटामाथि माओवादी केन्द्रले कारबाही गर्न नसक्ने सुनाउँदै सभामुखको निर्णय तथा कारबाहीको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो । सांसद देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद हुन् । यद्यपि उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =