पेलेको निधनको १८ महिनापछि उनकी आमाले छोडिन् संसार
मकालु खबर
२०८१ असार ८ गते
काठमाडौं । महान् फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ । पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो ।
पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरूले उल्लेख गरेका छन् । उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन ।
उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।
मकालु खबर
२०८१ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित