८२५ जना शिक्षकहरूले त्यागे राजनीतिक आबद्धता
२०८१ असार ४ गते

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको बताएकी छन्।
मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने बताइन्।
मन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन्।
आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि बताइन्।
शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन्।
२०८१ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








